Friday, October 30, 2009

Mero Rolpa

खै अरुकोमा कसरी आउँछ दशैं त्या’र मेरोमा त जमेर आउँछ

हरसाल लोकल बिजुलीपानीको झट्का बनी रोमरोममा छाउँछ

बढी भोल्टेज दिने सिलवाला पिउने पिलाउने बानी छैन क्या मेरो

भुन्टेकी आमाले दे’की दुई घुट्कोसँगै मेरो गलाले मालश्री गाउँछ

लोकल भन्या लोकलै हो त्यो त खाने अन्नबाट बन्या झोल पो हो त

ठर्राकोजस्तो झर्रो मजा सिलवाला एसिडको घोलमा खोजेर काँ’ पाउँछ ?

२०६६-०५-२२

Ghazal – 4

उदास तिमी किन छौ मनको घाउ बल्झ्यो कि?

गहमा आँशु भरेर गलामै शब्द अल्झ्यो कि?

दुख्यो कि त मन सारै रोएर तिमी थाकेनौ

फुकाउँ भन्दा झनै पो उल्झनहरू उल्झ्यो कि?

नरूनु धेरै अब त रोएर काम बन्दैन

पुछेर आँशु सोच त उपाय कुनै सुल्झ्यो कि?

२०६५-११-१७

Ghazal – 3

तिम्रो आँशु देखीदेखी दिलखोली हाँसूँ म कसोरी?

पिर ब्यथा बुझीबुझी दिलखोली नाचूँ म कसोरी?

तिमी हाँस्दा सब हाँस्छन् रूँदा रून्छन् नाता यो गजब्को

नाता यस्तो तोडीतोडी नयाँ नाता गाँसूँ म कसोरी?

मेरो आँखा भनूँ या भाका सबका सब तिमी नै हौ

तिम्रो पूजा छोडीछोडी देउता अरू पुजूँ म कसोरी?

मेरो तन भनूँ या मन जे भने पनि तिमी नै हौ

कुल आफ्नो भुलीभुली अन्तै कुल खोजूँ म कसोरी?

तिम्रै काखमा छ मायाको खानी र वर्षा अमृतको

स्वर्ग यस्तो छोडीछोडी अर्कै स्वर्ग खोजूँ म कसोरी?


दैलोबाट मात्र हैन दिलैबाट फालिदियौ किन?
खोजी खोजी खोटहरू हरदिन गालिदियौ किन?

हुनसक्छ कुनै भूल भाको मैले नचाहँदा पनि
बिना कुनै सोधखोज ढोका बन्द गरिदियौ किन?

थाहा त होला नि धेरै चोटी मन दुखाएको कुरा
धुजाधुजा भाको मुटु अझै धुजा पारिदियौ किन?

परपर धेरै ग-यौ त्यहाँसम्म त सहेकै थिएँ नि
अलिकति ठाउँ नराखी भीरैबाट झारिदियौ किन?
२०६५-११-१०

Ghazal – 1

सबै लागे तिम्रोपछि साथसाथै लागेँ म
सुन छाडी हीरा रोज्दा पित्तलमा जाकेँ म

वाह! कस्तो चाल त्यो दुनियाँ नै नचाउँने
ताल्मा ताल मिलाउँदा खाल्डोभित्र जाकेँ म

बोली पनि कति मीठो जादु नै लगाउँने
मन्को लड्डु खाँदाखाँदै रच्छ्यानैमा जाकेँ म

अरे! म त लट्ठै परेँ नि चमत्कारी बात्मा
गजब भो! भन्दाभन्दै नराम्ररी जाकेँ म


No comments:

Post a Comment